गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

कार्यपालिका सदस्य सहित २० जना एमाले प्रवेश गराउदै डिलाशैनी अभिमुखिकरण सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको डिलाशैनी गाँउपालीकामा नेपाल कम्युनिष्ट पार्टि एमालेको पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम डिलासैनी- ४ मठैराजमा स्वतन्त्रबाट निर्वाचित कार्यपालिका सदस्य,वडा सदस्य सहित २० जना एमाले प्रवेश गराउद सम्पन्न भएको छ। एमाले डिलाशैनी गाँउपालिका कमिटी अध्यक्ष गोकर्ण रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए। यस्तै सुदुरपश्चिम प्रदेश भौतिक पुर्वाधार बिकास मन्त्री सुरेन्द्र बहादुर पाल विशिष्ट अतिथी रहेका थिए।

कार्यक्रममा स्वतन्त्र बाट निर्वाचित कार्यापालिका सदस्य सारदा बोहरा,स्वतन्त्र बाट निर्वाचित सदस्य निर्मला लुहार लगायत नेपालि कांग्रेस, माओवादी केन्द्र, समाजबादी पार्टी परित्याग गरी २० जनाले एमाले प्रवेश गरेको डिलाशैनी वाट एमाले नेता यज्ञ राज भट्ट यदुले बताए।

नब प्रबेशीहरुलाइ पार्टीमा स्वागत गर्दै एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले उचित जिम्मेवारी दिइने बताए।

यस्तै कार्यक्रममा प्रदेश कमिटी ,जिल्ला कमिटी ,पालिका कमिटी तथा जनबर्गिय संगठनका नेताहरुको उपस्थिती रहेको थियो।

खालि ठाँउ २

कार्यक्रममा सदस्यता नविकरण र विस्तार (कुल मतदाताको ६ प्रतिसत पुर्याउने,टोलतहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने,पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने,पार्टी सम्वद्ध सबै जनसंगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने र सबै जनसंगठनलाई आ आफ्नो वर्ग/ समुदायको नेताका रुपमा स्थापित गर्ने,सोसल मिडियामा नियोजित रुपमा सम्प्रेसित मिथ्या सुचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने,सबै तहका कमिटीहरु र जनप्रतिनिधिहरुले आ आफ्नो तहको प्रचार डेस्क स्थापनागरी प्रचारात्मक काम अघि वढाउने,निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुप अघि वढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,पार्टीको नेतृत्व र सहभागीताका तिनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने,जनतासंग प्रत्यक्ष सम्वाद गर्नेगरी सबैका घरघरमा पुग्ने,स्थानिय चासो र जनसरोकारका विषय पहिचान गर्ने,आ आफ्नो ठाउको विकास र समृद्धिको योजना तयार गर्ने,

मिसन ०८४मा पार्टीको एकल वहुमत प्राप्तहुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुविकरणको अभियान चलाउने,घर फर्क र पार्टी प्रवेश अभियानमा जोड़ दिने ।

पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि वढाउने,पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा(एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने लगायतका बिषयमा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले प्रशिक्षण दिएको एमाले प्रचार बिभाग प्रमुख पार्वती भट्टले बताइन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page