



बैतडी: बैशाख १६ बैतडी को दोगडाकेदार गाउँपालिका वार्ड नं ४ बिन्सेरि पार्स मा आगलागि हुदा धेरै धनमाल जलेर नष्ट भएको छ। स्थानीय वाशुदेव भट्टका अनुसार धेरै जसो ब्यक्तिकाे थुपारेर राखेको खर,मौरिघार,लगाएत खानेपानि पाइपलाइन समेत जलेर नष्ट भएको बताएका छन। साथै भन्डारीगाडमा पाइपलाइन जलेर नष्ट हुदा खानेपानि को समस्या भएको स्थानिय टेकसिँह भन्डारीले जानकारी दिएका छन्।




