



बैतडी: बैशाख २० आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा १ लाख ६७ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । जिल्ला निर्वाचन कार्यालयका मुख्ख निर्वाचन अधिकृत तिलक बहादुर कार्कीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक सामग्री जिल्ला पुगेको र निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ ।हरेक मतदानस्थल र केन्द्रका लागि सामग्री छुट्याउने काम भइरहेको छ । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि यहि बैशाख २३ र २४ गते तालिमको आयोजना गर्ने मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो । तालिम सकिएपछि मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाउने काम हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख फुइयालले बताउनुभयो ।




