Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाली सेनाद्वारा दार्चुला–टिंकर ७५ किमि सडक निर्माण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला। नेपाली सेनाले दार्चुलामा ७५ किलोमिटर सडक निर्माण गरेको छ। दार्चुला जिल्लाको दार्चुला–टिंकर सडकअन्तर्गत कोठेधार–टिंकर खण्डको ७५ किलोमिटर सडक निर्माण गरेको हो।
नेपाली सेनाले दार्चुलाको तुषारपानी कोठेधार सडकको ट्रयाक खोल्नका लागि ‘एमआइ–१७’ हेलिकप्टरमार्फत आवश्यक उपकरण सो क्षेत्रमा लगेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही हालै सेनाले हेलिकप्टरबाट तीन वटा कम्प्रेसर, दुई वटा एस्काभेटर ढुवानी गरेको हो। लक्ष्य बमोजिमको प्रगति हासिल गर्न विभिन्न उपकरण आवश्यक परेकाले पूर्व स्वीकृत योजनाअनुसार ती सामग्री ढुवानी गरिएको निर्देशनालयले जनाएको छ।२०७७ वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम दार्चुला–टिंकर सडक(कोठेधार–टिंकर खण्ड)को ७५ किलोमिटर सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान भएको थियो। सोही अनुसार २०७७ वैशाख २८ गतेबाट नेपाली सेना उक्त स्थानमा परिचालन भई आर्थिक वर्ष ०७७/७८ मा सुनसेरा तथा दुम्लिङ्गमा क्याम्प निर्माण कार्य सम्पन्न गरेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page