


बैतडी -बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत सव- इन्जिनियर केशब बहादुर ऐरमाथि पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बमकै अगाडि हातपात भएकोको घटनाले पुर्चौडी नगरपालिकामा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका छन।

सोमबार पुर्चौडी नगरपालिका वडा नं -१ मा रहेको बिशालपार्कमा चिस्यान केन्द्रको योजनाको ले आउट गर्दा सव इन्जिनियर माथि कोल्ड स्टोर उपभोक्ता समिति अध्यक्ष बिर बहादुर गडालले हातपात गरेकोले गडाललाइ कानुनि दायरामा ल्याउन र उपभोक्ता समितीको साधारण सदस्य समेत नरहने गरि बर्खास्त नहुदासम्म कामकाज नगर्ने चेतावनी दिएका छन।





