



बैतडि : बैशाख २६ बैशाख ३० गते हुनगइरहेको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वार्ड नं ७ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी बाट वार्ड अध्यक्षका उम्मेदवार धर्मानन्द भट्ट एक्लै घरदैलो अभियानमा जुटेका छन्। चुनावी एजेण्डा सहित भट्ट घरदैलो अभियान दौडिएका छन। बर्तमान अवस्थामा संगठन बिस्तार हुन नसकेकोले एक्लै चुनावि अभियानमा दौडिएको छु। संगठन जोगाउन मेरो उम्मेदवारी हो जनताहरुले बिस्वास गरे जित्छु र सबै मतदाताहरुलाइ आग्रह गर्दै हिडिरहेको छु ,भट्ट को भनाइ छ।दोगडाकेदार गाउँ पालिका वार्ड नं ७ चडेपानि पासिम्बाटा घर भएका भट्ट लामो समय देखि राष्ट्रिय प्रजातन्त्र पार्टी मा अाबद्ध रहेका छन।




