



महेन्द्रनगर बैशाख : २६ कञ्चनपुरको महाकाली पारीको नगरपालिका भनेर चिनिने दोधारा चाँदनीमा चुनावी गतिविधिहरु तीव्र हुन थालेका छन्। सबै दलहरुले आफ्ना प्रतिवद्धताहरु जनतासामु लगेर जाँदा नेपाली कांग्रेस पनि त्यसबाट अछुतो हुन सकेको छैन। यसैबीच पूर्वमन्त्री रमेश लेखकले पनि मतदाता सामु नेपाली कांग्रेसका एजेन्डाहरु लगेर भेटघाट तीव्र पारेका छन्। दोधारा चादनिमा सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेसका सहमहामन्त्री गोपाल दत्त भट्ट मेयरको प्रतिस्पर्धामा छन्।
आफ्ना चुनावी एजेण्डाहरु प्रस्ट रुपमा मतदाता सामु राखेको र राम्रै प्रतिक्रिया पाइरहेको दोधारा चाँदनी वडा नम्बर ४ बाट नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेद्वार लोक बहादुर चन्दले जानकारी दिनुभयो।




