



बैतडीका सबै पालिकामा मत गणना सुरु भएको छ । जिल्लाको पञ्चेश्वर, सिगास, डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा ११ः४५ बजे देखि मत गणना सुरु भएको हो । १० स्थानीय तहको बैतडीमा ७ स्थानिय तहमा बिहानैदेखि मत गणना सुरु भएको थियो ।
जिल्लाको पाटनमा नगर प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । एमालेलाई पछि पार्दै गठबन्धनले अग्रता लिएको हो । ६०० मत गणना हुदा गठबन्धनका कांग्रेसका उम्मेदवार गौरी सिंह रावलले २२५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नारायण भण्डारीले २२० मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा गठबन्धनका उम्मेदवार कमल बोहराले २०८ मत ल्याएका छन् भने एमालेका हरिना भट्ट १९६ले मत ल्याएका छन् । पाटनमा कांग्रेस माओवादी गठबन्धन छ ।
जिल्लाको शिवनाथ गाउँपालिकामा पनि कांग्रेस माओवादीको गठबन्धन अघि छ । कांग्रेसले ६४१ मत ल्याएर अग्रस्थानमा रहेको छ । एमालेले ५०६ मत ल्याएर पच्छ्याईरहेको छ । उपाध्यक्षमा माओवादीको ५१४, एमालेको ४७१ मत ल्याएर पच्छ्याईरहेको छ । शिवनाथमा पनि कांग्रेस र माओवादी गठबन्धन छ ।
दशरथचन्द नगरपालिकामा एमालेको अग्रता कायमै छ । नगर प्रमुखमा एमालेले ४५४ मत ल्याएको छ । कांग्रेसले ४५८ मत ल्याएको छ । उपमेयरमा कांग्रेसले अग्रता बनाएको छ । ४६६ मत ल्याएको छ भने एमालेले ४४० मत ल्याएको छ ।
जिल्लाको सुर्नया गाउँपालिकामा कांग्रेसले ३७० मत ल्याएर अग्रस्थानमा छ । एमालेले १३६, नेकपा एसले ११७ मत ल्याएको छ । सुर्नयामा उपाध्यक्षमा पनि कांग्रेसकै अग्रता कायम छ । कांग्रेसले २५५ मत ल्याएको छ । एमालेसँग चुनावीतालमेल गरेको राप्रपाले १५८ मत ल्याएको छ । नेकपा एससँग चुनावी तालमेल गरेको माओवादीले १२२ मत ल्याएको छ ।
जिल्लाको पुर्चाैडी नगरपालिकामा पनि कांग्रेसले अग्रता कायमै राखेको छ । ४४६ मतका साथ अग्रस्थानमा रहेको छ । मेयरमा एमालेले ३०५ मतका साथ पच्छ्याईरहेको छ । माओवादी केन्द्र २५० मतका साथ पुछारमा छ । पुर्चाैडीमा उपमेयर पदमा पनि कांग्रेसकै अग्रता रहेको छ । ४५२ मतका साथ कांग्रेस अग्रस्थामा रहेको भने एमाले ३२३ मतका साथ पच्छ्याईरहेको छ । माओवादी केन्द्र २६७ मतका साथ पुछारमा छ ।
जिल्लनको दोगडाकेदार, डिलानशैनी,सिगास र पञ्चेश्वरको १२ बजे देखि मत गणना सुरु भएको हो । #star b




