गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीसहित २३ जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी । कुवेतमा विषाक्त मदिरा सेवनका कारण विभिन्न देशका २३ जनाको मृत्यु भएको छ। करिब १६० जना बिरामी भएका छन् । मृतकमध्ये ९ जना नेपाली नागरिक समेत रहेका छन् । अरू मृतक पनि अधिकांश एसियाली नागरिक रहेको अरब टाइम्सले जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार ३१ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको छ भने ५१ जनाले आकस्मिक मिर्गौला डायलाइसिस गराएका छन्। २१ जनामा स्थायी अन्धोपन वा दृष्टिदोष देखिएको छ ।

मन्त्रालयले सबै केसहरूको २४ घण्टा निगरानी र आवश्यक उपचारको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

खालि ठाँउ २

नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले शुक्रबार रातोपाटीलाई जानकारी दिएअनुसार तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ ।

 

उनका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

 

यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै उनले विस्तृत विवरण लिने क्रममा रहेको बताए ।

उनका अनुसार कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो सङ्ख्यामा नेपाली प्रभावित भएका हुन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page