Vutlaxapu
Laxmibhuwan sun chadi

भौतिक मन्त्रीविरुद्ध दलित अभियान्ता सुनारले लेखे झुटो स्टाटस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी । दलित अभियान्ता खगेन्द्र सुनारले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालका बारेमा लेखेको स्टाटसमा सत्यता नभएको खुलेको छ ।

सुनारले आफ्नो फेसबुकमा मन्त्री पालको फोटो राख्दै बैतडीमा मन्त्रीको गाडीले किचेर किरण कोलीको हत्या गरेको उल्लेख गरेका छन् । ‘सुदूरपश्चिमका भौतिक मन्त्री सुरेन्द्र बहादुर पालले हिड्ने साईतमा दलितले बाटो काटेको भन्दै गाडिले किचेर बैतडीमा एक दलित बच्चा किरण कोलिको हत्या गरेको छ । मन्त्रीको गाडी छोएको भन्दै ड्राइभरले हकारेर लखेटेका थिए,’ उनले लेखेका छन्, ‘भाग्दै गरेको बच्चालाई यो डुमलाई ठोक भन्दै रक्सिले मातेका मन्त्रीले गाडी हाँकेर किचेका थिए । गाडी छोराले चलाएको थियो । हत्या सार्बजनिक गरे बलात्कार गरेर मार्ने पीडित एकल महिलालाई धम्कि दिएका छ्न । घटना मिलाउन ५ लाख पीडितको खातामा जबर्जस्ति हालिदिएका छ्न । प्रहरीले मुद्दा लिन मानेको छैन ।’सुनारले मन्त्री पालमाथि सामाजिक सञ्जालमार्फत लगाएको गम्भीर आरोपमा भने सत्यता नभएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले डिलासैनी गाउँपालिका–३ का केशव कोलीका १३ वर्षीय छोरा किरणको गत साउन १७ गते स्थानीय डिन्नीगाडमा वालुवा संकलन गर्ने क्रममा विद्युतको पोलमा छुदा करेन्ट लागेर मृत्यु भएको जनाएको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयले करेन्ट लागेर गम्भीर घाइते भएका कोलीको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको बताउँदै कानुनबमोजिम गर्ने सहमतीपछि उनका बाजेले १८ साउनमा शव बुझेको बताए । तर, सामाजिक सञ्जालमा आएको कुरामा भने कुनै सत्यता नभएको प्रहरीको भनाई छ ।

 

सुनारले स्टाटसमा पीडितको खातामा पाँच लाख रुपैयाँ जम्मा गरेको कुरा भने साँचो भएको पाइएको छ । डिलासैनी गाउँपालिका–३ का वडाध्यक्ष रघुबिर बोहराले स्थानीयबाट संकलन गरेर पाँच लाख रुपैयाँ पीडित परिवारलाई दिएको बताए । स्वयंम आफैंले मृतककी आमाको खातामा रकम जम्मा गरेका थिए ।

 

सामाजिक सञ्जालमा हत्या जस्तो गम्भीर आरोप लगाउँदै अभियान्ता सुनारले स्टाटस हालेर चरित्र हत्या गर्न खोजेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री पालको सचिवालयले त्यसमा आपत्ती जनाएको छ । सुनारविरुद्ध कानूनी कारवाहीमा जाने विषयमा सचिवालयले परामर्श गरिरहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page