Vutlaxapu
Laxmibhuwan sun chadi

गौरापर्वको दोस्रो दिन आज ‘बिरुडा’ धोइदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

शुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तरगत व्रतालु महिलाहरुले गौरापर्वको दोस्रो दिन आज ‘बिरुडा’ धुने परम्परा अनुसार आज बिरुडा धोइदै छ । व्रतालु महिलाहरुले आज ‘बिरुडा’लाई धुने गर्दछन् ।

 

जय भगवति मेलौली सुनचाँदी

गौराको पहिलो दिन भिजाइएका बिरुडालाई आज नजिकका नदी, तलाउ, धारामा लगेर धुने चलन छ । व्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गर्ने परम्परा रहेको छ । धान, साउँ, तील, अपामार्ग लगायतका बोटहरुबाट गौराको प्रति मूर्ति बनाई श्रृंगारपटार गरेर गौराको पूजा गर्ने चलन रहेको छ ।

 

नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फाग सहित बिरुडाले पूजा गर्ने प्रचलन छ । आज नदी, तलाउ तथा धारमा मनाइने गौरालाई ‘नानी गौरा’ भनिन्छ । गौराको तेस्रो दिन अमुक्ता भरण र मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो । पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page