Vutla
Laxmibhuwan sun chadi

धनगढीकाे मेयरमा स्वतन्त्र उमेदवार हमाल विजयी : उपप्रमुखमा राना विजयी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी बैशाख ८ कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडलाई उनले पराजित गरेका हुन् ।

उपमेयरमा एमालेकी कन्दकला राना निर्वाचित भएकी छिन् । निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाएका छन् ।
उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।मतगणना सकिएको छ । आधिकारिक घोषणा केही समयपछि गरिने बताइएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page