



काठमाडौँ । ललितपुरको खुमलटार स्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन् । प्रचण्ड निवासमा आज बिहान ढुंगामुढा भएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।
जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।




