Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुराका ५ जना फरार प्रतिबादी पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डडेल्धुराः डडेल्धुराका ५ जना फरार प्रतिबादी पक्राउ परेका छन्।पक्राउ पर्नेमा ज्यान सम्बन्धि कसुर मुद्दामा १ महिना कैद सजाय तोकिएका नवदुर्गा गाउँपालिका–३ बस्ने २२ वर्षीय रोषन लुहार, २३ वर्षीय आकास साँउद र १९ वर्षीय नरेश तिरुवा रहेका छन्। यस्तै सोही मुद्दामा ३ महिना कैद सजाय र ८ सय जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गाउँपालिका–४ घर भई हाल अमरगढी नगरपालिका–८ बागचौर बस्ने १८ वर्षीय किशोर रहेका छन्।

यसैगरी लागूऔषध मुद्दामा ८ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–५ बागबजार बस्ने २९ वर्षीय राजेश पाल पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका पाँचै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page