गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

पुर्चौडीमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जोशीलाई

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी–बैतडीको पुर्चौडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शुरेन्द्र प्रसाद जोशीलाई दिइएको छ ।

 

खालि ठाँउ २

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएपछि गाउँकार्यपालिकाको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) अनुसार जोशीलाई प्रमुख प्रशासकीय अधिकृत पदमा काम गर्न भनिएको छ । मन्त्रालयले नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको र खटाइएका प्रमुख प्रशासकीय अधिकृत नआउँदासम्मका लागि आर्थिक प्रशासनिक जिम्मेवारी दिएको उल्लेख गरेको छ । यही असोज ५ गतेको निर्णय अनुसार जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको मन्त्रालयले जनाएको छ।

जोशी पुर्चौडी नगर पालिकामा शिक्षा शाखा अधिकृतको रुपमा कार्यरत थिए। जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएसंगै नगरपालिकाका आर्थिक तथा प्रशासनिक कामहरु अघि बढेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page