Vutla
Laxmibhuwan sun chadi

सुदूरपश्चिम लोकसेवा आयोगले २६६ जनाका लागि विज्ञापन खोल्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोलेको छ। स्थायी पदपूर्ति गर्न आयोगले तेस्रोपटक कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो।

प्रदेश सरकार र अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आयोगका अनुसार अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासी/जनजातीतर्फ १५ र दलिततर्फ ५ जना माग गरिएको छ।
यस्तै अहेव खुलातर्फ ५३, महिलातर्फ २२, आदिवासी/जनजातीतर्फ १०, मधेसीतर्फ ६, दलिततर्फ २ र ल्याबअसिस्टेन्ट खुलातर्फ १ पदका लागि आवेदन खोलिएको छ।
यस्तै अनिमी, पब्लिक हेल्थ नर्सिङको खुलातर्फ ३, महिला, आदिवासी/जनजाती र मधेसीतर्फ १/१, जनरल आयुर्वेदको वैद्यको खुलामा १, ल्याबअसिस्टेन्ट खुलातर्फ २, महिला, आदिवासी/जनजातीतर्फ १/१ जनाको लागि विज्ञापन गरिएको छ।
अहेव/कोल्डचेन असिष्टेन्टको खुलातर्फ १०, महिलातर्फ ३, आदिवासी/जनजातीतर्फ २, मधेसीतर्फ २ र दलिततर्फ १ जनाको लागि आवेदन खुलेको छ। आयोगका अनुसार २ सय ६६ पदका लागि विज्ञापन गरिएको छ।
यसअघि प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक, शिक्षा प्रशासनको प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page