



बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -७ का वडा सदस्य महादेव भट्टको निधन भएको छ।बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -७ चडेपानी निवाशी भट्टको बिहिबार महेन्द्रनगरमा निधन भएको हो। भट्ट लामो समयदेखि मुटु सम्बन्धी रोगको उपचार गराइरहेका थिए।
वडा सदस्य भट्टको आकस्मिक निधनप्रती एमाले दोगडाकेदार गाँउपालिका कमिटीले दुख ब्यक्त गरेको छ। भट्ट २०७४ र २०७९ को निर्वाचनमा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए।




