गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

इलाम पहिरोमा कम्तीमा ३७ को मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

पाँचथर —वर्षीया शारदादेवी सेढाईं, ४५ वर्षीया छोरी इन्द्रसँग सन्दकपुर–३ सुलुबुङको टारीस्थित घरमा बस्थिन् । फाँटिलो जग्गामा घर भएकाले त्यहाँ पहिरो जाला भनेर कसैले पनि सोचेका थिएनन् । १८ असोजको रातिदेखि सुरु भएको अविरल वर्षाले घरमाथिको कुलोले ढिस्को नै बगाएर घरै पुरेपछि शारदा र इन्द्र दुवैको ज्यान गयो । कुलोको पानीले जमिन खोलेर पहिरोको रूप लिएको थियो ।यो ठाउँमा पहिरो जाला भनेर कसैले अनुमानै गरेका थिएनौं, विपद्ले टार र भिरालो जग्गा छुट्याउँदैन रहेछ,’ छिमेकी सीपी शर्मा गड्तौलाले भने, ‘सेढाईंको घरमाथि बाह्रैमास चलिरहने कुलो थियो, कुलो मास्तिर सानो ढिस्को लडेर पानी थुनिएछ । पोखिन थालेपछि त्यही पानीले घर मास्तिरको बाँसको झ्याङ खोतल्दै पहिरोको रूप लिएर घरै पुर्‍यो, आमाछोरीको सुतेकै ठाउँमा ज्यान गयो ।’

 

रातभर मेघ गर्जन र चट्याङसँगै भीषण वर्षा भएकाले छिमेकी कसैले त्यहाँ पहिरो गएको पत्तोसम्म नपाएको अर्की छिमेकी खोमादेवी गड्तौलाले सुनाइन् । ‘बिहान उज्यालो भएपछि घर पुरिएको देखें, हारगुहार गरेपछि छिमेकी र प्रहरीले पहिरो पन्छाउँदा आमाछोरी जीवित थिएनन्,’ उनले भनिन् ।

 

इलाम नगरपालिका–६ घोस ठाउँका विराज पाख्रिन तामाङको घर माथिदेखि आएको पहिरोले पुर्दा ६ जनाको ज्यान गयो । त्यहाँ तामाङ परिवारका ३ र पाहुना आएका ३ गरी ६ जनाले एकै ठाउँमा ज्यान गुमाउनुपर्‍यो ।

खालि ठाँउ २

यो स्थानमा पनि कहिल्यै कसैले पहिरोको जोखिमको पूर्वानुमान नगरेको इलामका पत्रकार सटेन्द्र जबेगुले बताए । ‘वर्षौंदेखिको बसोबास थियो, पहिरो लड्छ भन्ने कहिल्यै र कसैले अनुमान गरेका थिएनौं, धेरै माथि लडेको पहिरोमा सोहोरिएर आएको ढुंगा र माटोले पुर्दा ६ जनाले ज्यान गुमाउनुपर्‍यो,’ उनले भने ।आइतबार साँझसम्ममा इलामको सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिकामा ६, सन्दकपुर गाउँपालिकामा ६, माङसेबुङ गाउँपालिकामा ३, माई जोगमाई गाउँपालिकामा ८, देउमाई नगरपालिकामा ८, फाकफोकथुम गाउँपालिकामा १ गरी कम्तीमा ३७ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाएका मध्ये १७ पुरुष र २० महिला छन् । जसमा ८ जना बालबालिका रहेको जिल्ला प्रशासन कार्यालय इलामले प्रकाशन गरेको तथ्यांकमा उल्लेख छ ।

 

पहिरोमा परेर इलाम नगरपालिकामा १ जना बेपत्ता छन् । इलामका विभिन्न स्थानमा २० जना घाइतेमध्ये तीन जनालाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पहिरोले पुरिएर पाँचथरको तुम्वेवा गाउँपालिकामा १ जना र फाल्गुनन्द गाउँपालिकामा १ गरी २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले बताए ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिन अगावै भदौ १७ देखि २० सम्म भारी वर्षासँगै बाढीपहिरो र विपद्जन्य घटनाको प्रक्षेपण गरेको थियो । सोहीअनुसार इलाम र पाँचथरका विपद् व्यवस्थापन समितिले बाढीपहिरो जान सक्ने सम्भावित स्थानहरूको पहिचान गरेको थियो । इलामको विपद् व्यवस्थापन समितिले सडक अवरोध, बाढी, पहिरो, डुबान र कटानका दृष्टिकोणले जोखिममा रहेका २० भन्दा धेरै ठाउँको पहिचान गरेको थियो ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल शनिबार पहिरो गएका मध्ये राजदुवाली क्षेत्रबाहेक अरू कुनै ठाउँ जोखिमयुक्त क्षेत्रमा सूचीकृत नरहेको बताउँछिन् । ‘राजदुवालीमा बाढी र पहिरो दुवै दृष्टिकोणबाट खतरायुक्त रहेको भनेर स्थानीयलाई सुरक्षित रहन भनेका थियौं, बाँकी स्थानमा गएको पहिरो अनपेक्षित हो,’ नेपालले भनिन् । यस पटक रातको समयमा वर्षा हुनु र मानिसहरू सुतिरहेको स्थानमै पुरिनु पनि धेरै क्षति हुनुको कारण रहेको उनको ठम्याइ छ । इलाममा शनिबार मात्रै ३३४ मिलिमिटर पानी परेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page