Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा रामलिला महायज्ञ: कार्तिक १७ गतेदेखि सुरु हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको दोगडाकेदारमा रामलीला महायज्ञ सञ्चालन हुने भएको छ । दोगडाकेदार साँस्कृतिक समाज बैतडीको आयोजनामा यही कार्तिक १७ गतदेखि रामलीला महायज्ञ सञ्चालन हुने दोगडाकेदार साँस्कृतिक समाजका अध्यक्ष मोहन सिंह कार्किले बताए।कार्किका अनुसार राज बहादुर कार्किको संयोजकत्वमा रामलिला मुल ब्यवस्थापन समिति गठन गरिएको समेत बताए।

समाजमा नैतिकता र मार्यादाको पाठ सिकाउनका लागि महायज्ञको आयोजना तयारी गरिएको उनले बताए ।

जय भगवति मेलौली सुनचाँदी

भगवान रामचन्द्रले मानिसको रुप धारण गरेर समाजमा निष्ठा र सत्यताको पाठ सिकाएको र सोही पाठ आमजनमानसमा पुर्याउनका लागि रामलीला महायज्ञ सञ्चालन गर्ने तयारी भएको समितिका संयोजक राज बहादुर कार्कीले बताए।श्रीकोट बहुमुखी क्याम्पस दोगडाकेदारको प्राङ्गणमा रामलिला महायज्ञ हुने र आवश्यक तयारी समेत थालिएको बताए।

रामलीला महायज्ञमा अभिनय गर्ने कलाकारहरुको तालिम चलिरहेको बताइएको छ।

रामलीला नाटकमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि रामलीला महायज्ञ आयोजनाको तयारी भएको समितिका सदस्य धर्मेन्द्र कपाडीले बताए।

मार्यादा पुरुषोत्तम रामचन्द्र भगवानको जीवनगाथामा आधारित नाटक भएकाले यसबाट मानिसलाई धेरै कुराको सिकाइ हुने क्याम्पस प्रमुख दान सिँह कार्कीले बताए। राम्रो काम गरे राम्रो फल प्राप्त हुन्छ र नराम्रो कामको नराम्रो फल प्राप्त हुन्छ भन्ने सन्देश प्रवाह गर्न रामलीला महायज्ञले सहयोग पुर्याउने कार्कीले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page