



बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा एक घरमा मध्यराति आगलागी भएको छ। दोगडाकेदार गाउँपालिका वडा नं -७ चडेपानी (गौडेगडा) निवासी नन्दराज भट्टको घरमा सोमबार राति आगलागी भएको स्थानीय राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। घटनापछि जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक बल्देव बडूको नेतृत्वमा खटिएको प्रहरी टोलीले राति १२ बजे आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए।
आगलागीबाट भट्टको घरको कोठाहरुमा क्षति भएको छ । आगलागीबाट भएको क्षति विवरण संकलनको काम भइरहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताए ।




