


बैतडी:बैतडीमा जिप दुर्घटना भएको छ।शिवनाथ गाउँपालिकामा शिवनाथ मेलाबाट मेलौलि नगरपालिका वडा नं -२ तर्फ आइरहेको से-१ ज ७३२ नम्बरको बोलेरो जिप मेलौलि नगरपालिका -७ स्वाखानिमा बुधबार राति ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरि कार्यालय बैतडीका प्रबक्ता प्रहरि निरिक्षक बलदेव बडुले जानकारी दिए।जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन। मृत्यु हुनेमा मेलौलि नगरपालिका-२ की २३ बर्षिया तुलसि पाण्डे रहेकी छिन्।

घाइते हुनेमा बैतडि दसरथ चन्द नगरपालिका -७ बस्ने ३२ बर्षिय जिप चालक जनक बडु,मेलौलि नगरपालिका -२ का ३४ बर्षिय हरि पाण्डे , मेलौली नगरपालिका -२ का २८ बर्षिय ओम पाण्डे,मेलौलि नगरपालिका -२ कै ६५ बर्षिय डम्बर दत्त पाण्डे रहेका प्रहरि निरिक्षक बडुले जानकारी दिए।
तुलसिको केशरपुर प्राथमिक उपचार केन्द्र मेलौलिमा मृत्यु भएको र घाइतेहरुलाइ थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बताए।




