गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

दोगडाकेदारमा रामलिला महायज्ञको तयारि पुरा : अध्यक्ष चक्रबहादुरले उद्घाटन गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ
खालि ठाँउ २

बैतडी:बैतडीको दोगडाकेदारमा रामलिला महायज्ञको तयारि पुरा भएको छ।दोगडाकेदार साँस्कृतिक समाज बैतडीको आयोजनामा यही कार्तिक १७ गतदेखि सञ्चालन हुने रामलिला महायज्ञको तयारि पुरा भएको दोगडाकेदार साँस्कृतिक समाजका अध्यक्ष मोहन सिंह कार्किले बताए।श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा सोमबार १७ गते रामलिला महाँयज्ञको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको रामलिला ब्यवस्थापन समिति संयोजक राज बहादुर कार्कीले जानकारी दिए।

 

सोमबार साँझ ७ वजे दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले रामलिला महाँयज्ञको उदघाटन गर्नुहुनेछ । मार्यादा पुरुषोत्तम रामचन्द्र भगवानको जीवनगाथामा आधारित नाटक भएकाले यसबाट मानिसलाई धेरै कुराको सिकाइ हुने भएकोले महाँयज्ञमा आउन रामलिला आयोजक समितिले  सबैमा आग्रह गरेको छ। रामलिलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुनेगर्छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page