



बैतडी:जेठ १२ नेपाल कम्युनिस्ट पार्टी एमाले दोगडाकेदार गाउँपालिका कमिटीको सातौं पुर्ण बैठक सम्पन्न भएको छ।एमाले दोगडाकेदार गाउँपालिका कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि हरुलाइ बधाई तथा सम्मान गरिएको एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष काँसि सिँह बिष्टले जानकारी दिएका छन्। नवनिर्वाचित जनप्रतिनिधि हरुलाइ नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं दोगडाकेदार गाउँपालिका इन्चार्ज जनक चन्दले सम्मान गरेका थिए।एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष काँसि सिँह बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव एवं दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो




