गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

सिगाश र पञ्चेश्वरमा एमालेको पालिकास्तरीय बैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी,बैतडीमा नेकपा एमालेले पालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा पालिका स्तरिय बैठकलाइ तिब्रता दिइरहेको छ। बिहिबार सिगाश गाँउ पालिका र पञ्चेश्वर गाँउ पालिकामा अगुवा कार्यकर्ता भेला तथा पालिका स्तरिय बैठक सम्पन्न भएको छ।

खालि ठाँउ २

आम स्थानीयबासीमा सद्भाव जगाउन, संविधानको रक्षा गर्नको लागि पालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा बैठक सम्पन्न भइरहेको र कार्तिक २९ गते जिल्लास्तरको वृहत जागरण सभाको तयारी भइरहेको एमाले जिल्ला उपाध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

 

शिगाश गाँउ पालिकामा एमाले प्रदेश कमिटी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा साँसद जानकी ऐर बम ,एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी,एमाले शिगाश गाँउ पालिकाकमिटी अध्यक्ष जस्बिर बोहरा लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने पञ्चेश्वरमा निवर्तमान उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट विशिष्ट अतिथि रहेका थिए। यस्तै एमाले प्रदेश सचिवालय सदस्य भरत मडै, एमाले  जिल्ला कमिटी सचिव हजारि साँउद पञ्चेश्वर गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्द , उपाध्यक्ष बिना भट्ट लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

यस अभियानले वर्तमान राजनितिक परिस्तिथिको बारेमा जनतामाझ प्रष्ट पार्दै लोकतन्त्रको रक्षाको लागि कदम अघि बढाइएको उपाध्यक्ष भण्डारीले बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page