


बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिकाले जात्राका लागि दुइ दिन स्थानीय सार्वजनिक बिदा दिएको छ। पञ्चेश्वर गाउँपालिकास्थित वडा नं ४ मा अवस्थित धुरा जात्रा लाग्ने रभएकोले दुइ दिन बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

गाउँपालिकाको अध्यक्षस्तरीय निर्णयले यही कात्तिक २४ र २५ गते सार्वजनिक बिदा दिने भएको हो। कात्तिक २४ र २५ गते धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
जात्रामा स्थानीयको सहभागिता दृष्टिगत गरेर स्थानीय सार्वजनिक बिदा दिइएको जनाएको छ।





