गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

दोगडाकेदारमा रास्वपा रेडजोन अध्यक्ष एमाले प्रवेश संगै एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी,बैतडीमा नेकपा एमालेले पालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा पालिका स्तरिय बैठकलाइ तिब्रता दिइरहेको छ। आइतबार बैतडीको दोगडाकेदारमा रास्वपा रेडजोन अध्यक्ष एमाले प्रवेश गराए संगै अगुवा कार्यकर्ता भेला तथा पालिका स्तरिय बैठक सम्पन्न गरेको छ। दोगडाकेदारमा राष्ट्रिय स्वतन्त्र पार्टिबाट दुइ जना कार्यकर्ताले एमाले प्रवेश गरेका छन्।एमाले प्रवेश गर्नेमा रास्वपा बाट रेडजोन पालिका कमिटी अध्यक्ष भुवन सिंह कार्की,रास्वपा सदस्य मोहन सिंह कार्की, नेकपा माओवादी पालिका कमिटी सदस्य केशब राज जोशी रहेका एमाले दोगडाकेदार गाउँपालिका कमिटी सचिव मोहन सिंह कार्कीले बताए।

खालि ठाँउ २

 

आम स्थानीयबासीमा सद्भाव जगाउन, संविधानको रक्षा गर्नको लागि पालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा बैठक सम्पन्न भइरहेको र कार्तिक २९ गते जिल्लास्तरको वृहत जागरण सभाको तयारी भइरहेको एमाले जिल्ला अध्यक्ष नरेश बि.क ले जानकारी दिए ।

 

दोगडाकेदार गाँउ पालिकामा निवर्तमान उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट विशिष्ट अतिथि रहेका थिए। यस्तै एमाले प्रदेश कमिटी सदस्य एवं दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की, एमाले प्रदेश कमिटी सदस्य महादेव भट्ट, भक्तबहादुर बिष्ट।  एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिक ,अनेमसंघ बैतडी जिल्ला अध्यक्ष एवं दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कि लगायत पालिका कमिटी अध्यक्ष सहित नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

यस अभियानले वर्तमान राजनितिक परिस्तिथिको बारेमा जनतामाझ प्रष्ट पार्दै लोकतन्त्रको रक्षाको लागि कदम अघि बढाइएको उपाध्यक्ष भण्डारीले बताए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page