गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

प्रचण्ड–माधवसँग मिसिँने तयारीमा भीम रावल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी:माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एकतापछि बनेको नेकपामा भीम रावलको मातृभूमि जागरण अभियान पनि समाहित हुने भएको छ ।

आईतबार पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

खालि ठाँउ २

प्रचण्ड निवासमा भएको छलफलमा प्रचण्ड माधवले भीम रावललाई छिट्टै नेकपामा आउन आग्रह गरेका थिए । ‘चाडै आउनुहोस्, हामीलाई राम्रो हुन्छ, आन्दोलनलाई पनि राम्रो हुन्छ ’ प्रचण्डले रावललाई आग्रह गर्दै भने । ‘तपाईँहरूको कुराप्रति म सकारात्मक छु । मेरो साथीहरूसँग कुरा गर्छु’ रावलले जवाफ दिए ।

उनीहरुबीच एक साता भित्रै मातृभूमि जागरण अभियानलाई पनि नेकपामा समाहित गर्ने करिब सहमति जुटेको छ । मर्यादाक्रमको विषयमा पूर्व प्रधानमन्त्रीहरू पछि रहेका पूर्वउपप्रधानमन्त्रीहरूसँगै रहने विषयमा छलफल भएको ती नेताले जानकारी दिए ।

 

‘झलनाथ खनालपछि नारायणकाजी, बामदेवहरूसँगै उहाँको मर्यादाक्रमको विषयमा कुरा भएको छ त्यसमा उहाँले सकारात्मक भएको बताउँदै आफ्ना साथीहरूसँग छलफल गर्ने भन्नु भएको छ’ बैठक लगत्तै ती नेताले भने ।

पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, भीम रावलसहित भानुभक्त जोशी, शेरबहादुर कुवर, प्रकाश ज्वालासहितका सुदूरपश्चिम र कर्णालीका केही नेताहरू उपस्थित थिए । करिब ४ बजेदेखि २ घण्टासम्म भएको छलफलमा प्रचण्ड माधवसँग मिसिन रावल सहमत भएका हुन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page