Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलाको छाङरु र टिङ्कर जोड्ने बाटो बन्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुलाः चीन र भारतसँग सीमा जोडिएको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । व्यास गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको ठेक्का सम्झौता अन्तर्गत बाटो निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।नेपालबाटै व्यासको वडा नम्बर १ टिङ्कर र छाङरुको धेरै जसो ठाउँको पैदलबाटो निर्माण अघि बढिसकेको छ भने दोपाखे, बयली र तम्बाकु क्षेत्रको बाटो निर्माण अन्तिम चरणमा रहेको मिसन–देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताए।

जय भगवति मेलौली सुनचाँदी

सङ्घीय सरकारको ससर्त अनुदानबाट गत आवमा व्यास गाउँपालिकाले पाँच करोड ५० लाखको टेन्डर आह्वान गरी पैदल बाटो निर्माणको ठेक्का सम्झौता गरेको थियो । त्यसमध्ये एक करोड २५ लाख रुपियाँ बजेट फ्रिज भइसकेको गाउँपालिकाका लेखापाल गोपालसिंह विष्टले जानकारी दिए। गत असार ७ गतेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी बाटो निर्माणको म्याद भने मङ्सिर १५ गतेसम्मका लागि थप गरेको छ ।

थपिएको म्यादभित्र बाटो निर्माण कार्य भइरहेको उहाँले बताए। गाउँपालिकाले चालु आव २०८२/८३ मा पैदल बाटो निर्माणका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरेको उनले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page