Vutlaxapu
Laxmibhuwan sun chadi

निर्वाचन आयोगमा ३२ दल दर्ता प्रक्रियामा, जेन–जी आन्दोलनपछि २३ नयाँ दल थप

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं । निर्वाचन आयोगका अनुसार हाल ३२ राजनीतिक दल दर्ता प्रक्रियामा रहेका छन्। तीमध्ये २३ दल जेन–जी आन्दोलनपछि दर्ता हुन खोजिरहेका नयाँ दल हुन् भने ९ दल पुराना हुन्। केही दलले दर्ता प्रमाणपत्र समेत पाइसकेका छन्।आयोगका अनुसार हाल दल दर्ताको आधिकारिता पाएका दलको संख्या १२६ पुगेको छ।

दर्ता प्रक्रियामा रहेका प्रमुख दलहरूमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह–संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’को कम्युनिस्ट पार्टी नेपाल, र अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी रहेका छन्।

 

त्यसैगरी, हिराप्रसाद सोतीको राष्ट्रिय जेन–जी पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, नवराज सुवेदीको नवयुग पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी र गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी दर्ता प्रक्रियामा छन्।

 

जय भगवति मेलौली सुनचाँदी

यससँगै चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सबिन सिग्देलको राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल, रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी, राजकुमार कक्षपतीको नेकपा (वामपन्थी केन्द्र), सुन्दर राम बोहराको आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल, अकबर खानको राष्ट्र निर्माण दल नेपाल, रमनकुमार कर्णको जनादेश पार्टी नेपाल, प्रशान्त सिंहको पिपुल फर्स्ट पार्टी लगायतका दलले दर्ता निवेदन दिएका छन्।

 

सन्दिप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल र अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल पनि दर्ताका लागि आयोगमा आवेदन दिन पुगेका छन्।

 

आयोगका अनुसार हर्क साम्पाङको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, वीरेन्द्र बस्नेतको पहलमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टी, र कबिर सोप अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल भने दर्ता भइसकेका छन्।

 

दल दर्ताको प्रमाणपत्र लिन दुई दिन मात्र बाँकी रहेको आयोगले जनाएको छ। कात्तिक ३० गतेभित्र प्रमाणपत्र लिनुपर्ने छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म निवेदन दिन सकिने र आगामी फागुन २१ गते चुनाव मिति तोकिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page