


बैतडी :नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बैतडीले आज र्यालीसहित जनसभा आयोजना गरेको छ।विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी बैतडीले साहिलेकको छेलाबाट र्याली निकालेर गोठलापानी बजारमा जनसभा गरेको हो।


एमाले केन्द्रीय कमिटी सदस्य तथा निवर्तमान उधोग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी केन्द्रीय कमिटी सदस्य लिलाधर भट्ट, प्रदेश कमिटी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल लगायत प्रदेश कमिटी सदस्यहरुको सहभागितामा र्याली सुरु भएको थियो। र्यालीमा विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता थियो।
जनसभामा बोल्दै नेताहरूले जेन्जी आन्दोलन पश्चात् गठन भएको वर्तमान सरकारलाई विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाएका छन्। जेन्जी आन्दोलनले देशभर तोडफोड र आगजनी गरेको भन्दै नेताहरूले आन्दोलनप्रति तिखो टिप्पणी गरेका छन्।

जनादेश प्राप्त सरकारलाई विदेशीको इसारामा फाल्ने काम भएको भन्दै नेताहरूले वर्तमान सरकार गैरसंवैधानिक तरिकाले गठन भएको बताएका छन्। कार्यक्रममा दशौ हजार कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।




