Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका द्वारा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ।

सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ नागरिक आरोग्य केन्द्र स्थापना गरिएको दोगडाकेदार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशीले बताए।

जय भगवति मेलौली सुनचाँदी

संघिय सरकारबाट केहि अनुदान रहेको र सोहि कार्यक्रम अन्तर्गत एकजना वैद्य नियुक्ति गरेर गाउँपालिकाको कार्यालय बाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो।

नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधबर्धक औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने वैद्य डम्मर दत्त जोशीले बताए। ‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलब्ध हुन्छ,’ जोशीले भने, ‘त्यससँगै स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ।’ साथै गाँउपालिकाले पालिकाभित्र रहेका सामुदायिक विधालयहरु र टोलहरुमा समेत कार्यक्रम विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page