


बैतडी । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि बैतडीबाट सर्वसम्मत रूपमा १५जना प्रतिनिधि चयन गरिएको छ । विभिन्न चरणमा आकांक्षीहरुसँग छलफल र परामर्श गरेर सूची टुङ्ग्याइएको जिल्ला अध्यक्ष नरेश बिकले जानकारी दिए ।
उनका अनुसार खुल्लातर्फ ६ जना, महिलातर्फ ४ जना, युवातर्फ १ जना र दलिततर्फ ४ जना गरी कुल १५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

खुल्लातर्फ चक्रबहादुर कार्की, सुरेन्द्र बहादुर पाल, नरेन्द्र बिष्ट, पुस्कर राज जोशी, लोकेन्द्र भण्डारी, राम सिंह पुजारा, चयन भएका छन। यस्तै महिलातर्फ पार्वती ऐरी कार्कि, सकुन्तला साँउद,धाना धामी , सरस्वती कोली प्रतिनिधित्व गर्ने भएका छन् ।
युवातर्फ गोबिन्द गिरी चयन भएका छन्।
दलित समूहबाट नरेश कुमार विश्वकर्मा, सरस्वती नेपाली,कालुराम सार्की, बलभद्र दयाल चयन भएका छन।बैतडीमा सबै पालिका हरुलाइ समेटेर सहमतिको आधारमा गरिएको प्रतिनिधि छनोटमा ४६ प्रतिसत युवा प्रतिनिधित्व र ३७ प्रतिशत दलितको प्रतिनिधित्व हुनेगरी र सबै समूह, क्षेत्र र वर्गको समावेशी सहभागिता सुनिश्चित गरिएको एमाले नेतृत्वले जनाएको छ। साथै १५ जना प्रतिनिधिहरुले मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै बर्तमान अवस्थामा केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको निस्कर्ष निकालेका छन ।




