


बैतडी:बैतडीकाे पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले नेकपा एमाले पार्टीमा क्रियाशिल रहने घाेषणा गरेका छन। उनले सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गरेका हुन।

नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा बिमती जनाएका एमाले प्रदेश कमिटी सदस्य एवं पञ्चेश्वर गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्दले केहि दिन अगाडी सामाजिक सञ्जाल मार्फत एमाले पार्टी परित्यागको घोषणा गरेका थिए।
पुन: अध्यक्ष गोरख बहादुर चन्दले सामाजिक सञ्जाल मार्फतनै एमालेमा सकृय रहेको घोषणा गरेका छन। अध्यक्ष चन्दले लेखेका छन”नेकपा (एमाले) ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा मेरो बिमती भइ एमाले पार्टी परित्याग गरिएको विषय हतार हतारमा सामाजिक स्ञ्जालमा पोष्ट गरिएको सन्दर्भमा पार्टीका जिम्मेवार नेतृत्वहरु क्रमशः नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा निवर्तमान मुख्य मन्त्री माननिय राजेन्द्र रावल केन्द्रीय सदस्य तथा निवर्तमान उद्योग मन्त्री माननिय दामोदर भण्डारी सुदूरपश्चिमप्रदेश सरकारका भैतिक पूर्वाधार मन्त्री माननिय सुरेन्द्र पाल योजना आयोगका माननिय सदस्य डा. हिरा चन्द लगायत जिम्मेवार नेता कमरेड साथीहरू सङ्गको लामो छलफल गहन समिक्षा पश्चात् वहाँहरुको आग्रहमा सकारात्मक निष्कर्षका साथ नेकपा एमाले पार्टीमा क्रियाशिल रहने निर्णय लिएकोछु।





