



बैतडी:नेकपा एमाले बैतडीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि बैतडीबाट युवा सहभागितालाइ मुख्यरुपमा जोड दिएको पाइएको छ। एमाले बैतडीले सर्वसम्मत रूपमा १५जना प्रतिनिधि मध्ये ४० बर्ष मुनिका ७ जना अर्थात ४६ प्रतिशत युवालाई समेटेको पाइएको हो। जसमा लोकेन्द्र भण्डारी, बलभद्र दयाल, गोबिन्द गिरी,कालुराम सार्कि महिला तर्फ पार्वती ऐरी कार्कि, सकुन्तला साँउद,र सरस्वती कोली रहेका छन।
एमालेले सबै निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका एक जना युवा प्रतिनिधिको सहभागिता अनिवार्य गरेको र जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूको भूमिकाको चर्चा चुलिएका बेला बैतडीमा एमालेले ४० बर्षमुनिका ७ जना प्रतिनिधि चयन गरेको हो। मंसिर २७ देखि २९ गते सम्म आयोजना हुने ११औँ महाधिवेशनका लागि बैतडीबाट १५ प्रतिनिधि सर्बसम्मत चयन भएका छन्।




