


बैतडी – बैतडीमा मिनि ट्रक दुर्घटना भएको छ । बैतडीको सुर्नया ४ संन्सेरमाण्डौ देखि धनगढी जादै गरेको भे. १ ख. १६३९ नम्बरको मिनिट्रक सुर्नया गाउँपालिका वडा न. ५ स्थीत कठेगौण भन्ने ठाउँमा बिहिबार राती दुर्घटना भएको प्रहरी निरीक्षक बडुले बताए।

मिनिट्रक दुर्घटनाहुदाँ सुर्नया ४ कौलाडी बस्ने अन्दाजी २९ वर्षका ट्रक चालक नरेश महराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले बताए
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




