



बैतडी:बैतडीको पुर्चौडी नगरपालिकामा लैङ्गिक हिंसा बिरुद्वको १६ दिने अभियान अनर्गत नगरपालिका स्तरिय महिला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। महिला शशक्तिकरणको बाटो लैंङ्गिक हिंसामुक्त भबिस्य शिर्षकमा सहभागी वक्ताहरुले आफ्नो धारणा राखेका थिए।बक्तित्वकला कार्यक्रममा १२ जना बक्ताहरुले सहभागिता जनाएका थिए।
सहभागि मध्ये प्रतियोगितामा प्रथम शान्ती जोशी,द्वितीय पबित्रा जोशी, तृतिय ममता जोशी भएकी छिन भने करिस्मा भण्डारीले सान्त्वना स्थान हाँसिल गरेकी छिन। कार्यक्रममा प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने सबैलाइ नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको पुर्चौडीबाट बैतडीबुलेटिन सम्वाददाता हरि साँउदले बताए।पुर्चौडी नगरपालिका वडा नं १ का अध्यक्ष गणेश बहादुर गडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर नेपाली प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रमुख अतिथि र वडा अध्यक्ष दुबैले पुरस्कार बितरण गरेका थिए। कार्यक्रममा इलाका प्रसासन कार्यालय हाटका प्रमुख शंकर बोहरा लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।




