



कैलाली:कैलालीको अत्तरियाबाट प्रहरीले चरेस सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको अपरेसन टोलीले शुक्रबार साँझ विशेष सूचनाको आधारमा चेकजाँच गर्दा नमस्ते अन्नपूर्ण होटेल अत्तरियाबाट चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बझाङको छबिसपाथिभेरा ७ बस्ने २८ वर्षीय बम बहादुर धामी, छबिसपाथिभेरा ५ बस्ने ४२ वर्षीय जनक जाग्री, सुर्मा ३ बस्ने २५ वर्षीय अमृत बोहरा र दार्चुलाको महाकाली २ बस्ने ५० वर्षीय रूप सिंह सितोली रहेका छन् । पक्राउ परेका उनीहरूको साथबाट एक थान डिजिटल तराजु सहित ७ किलो ५०० ग्राम चरेस बरामद गरिएको बताइएको छ ।




