Vutlaxapu
Laxmibhuwan sun chadi

शेरबहादुर देउवा फेरी चुनाव लड्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन अन्तिमपटक लड्ने इच्छा व्यक्त गरेका छन्। नेता–कार्यकर्तासँगको भेटघाटका क्रममा उनले निर्धारित समयमा निर्वाचन भए अन्तिमपटक उम्मेदवारी दिन आफू तयार रहेको बताए।मंगलबार देउवालाई भेट्न डडेल्धुराका नेपाली कांग्रेस सभापति भीमबहादुर साउँद, देउवाको गृहपालिका गन्यापधुराका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीलगायतका नेता काठमाडौं पुगेका थिए। सभापति साउँदका अनुसार, “डडेल्धुराका जनताले देउवाको सम्मानजनक बिदाइ चाहेका छन्, त्यसैले हामीले उहाँलाई फेरि डडेल्धुराबाटै चुनाव लड्न अनुरोध गरेका हौँ।”जिल्ला सभापति साउँद, अध्यक्ष कार्की र उपाध्यक्ष सेठीले देउवालाई फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरे। साउँदले भने, “डडेल्धुराका जनताले उनलाई सात–सात पटक जिताएका छन्। उहाँमाथिको आक्रमणलाई यहाँका जनतामाथिको आक्रमणका रूपमा लिइएको छ, त्यसैले फेरि एकपटक जिताएर पठाउन जनता उत्सुक छन्।”

देउवाले हाल डडेल्धुराका युवा नेताहरूसँग पनि भेटघाट बढाएका छन्। एक युवा नेताका अनुसार, “उहाँले हामीलाई पनि अन्तिमपटक चुनाव लड्ने निर्णय सुनाउनुभयो। पार्टी र चुनावी प्रक्रियामा युवाको भूमिका बढ्नुपर्ने उहाँको सोच छ।”शेरबहादुर देउवा २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालका सातै संघीय निर्वाचनमा डडेल्धुराबाट विजयी भइसकेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page