



बैतडी :बैतडीमा नाबालिग किशोरीमाथी बलात्कारको आरोप लागेको छ । मेलौली नगरपालिकाका २२ वर्षीय अशोक बहादुर चन्दले १६ वर्षीय नाबालीगमाथी बलात्कार गरेको आरोप लागेको हो । ३ महिना पहिले बलात्कार गरेको बुझिएको छ । आफन्तका अनुसार गर्भवती भएको थाहा पाएपछि घटना बाहिरिएको हो । किशोरीका आफन्तले जिल्ला प्रहरी कार्यालय बैतडीमा अशोक चन्दले बलत्कार गरेको भन्दै निवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी प्रहरी निरिक्षक लोक राज जोशीका अनुसार आरोपीत चन्द फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ । ‘किशोरीका आफन्तले शुक्रबार निवेदन दिएका हुन्, आरोपीतको खोजी भइरहेको छ ’ उनले भने ।
जिल्ला अदालतबाट पनि पक्राऊ पुर्जी आइसकेको र आरोपित चन्दको खोजी भइरहेको छ ।
आरोपीत अशोक हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी समेत रहेका थिए । उनको बिहे भईसकेको र १ महिनाको छोरी समेत रहेकी छिन् । आफन्तका अनुसार बलात्कृत किशोरी आरोपीत चन्दका फुपू समेत रहेको खुलेको छ ।




