Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले महाधिवेशनका लागि सुदूरपश्चिमबाट १२ जना मनोनीत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:नेकपा एमालेले आजबाट सुरु भएको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ। शुक्रबार बसेको पार्टी बैठकले विभिन्न क्षेत्र र पृष्ठभूमिका व्यक्तिलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गर्ने निर्णय गरेको हो।मनोनयन गरिएका प्रतिनिधिमध्ये सुदूरपश्चिम प्रदेशबाट १२ जना परेका छन्। सुदूरपश्चिमबाट मनोनीत हुनेमा पत्रकार, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरू समेटिएका छन्। मनोनित प्रतिनिधिहरूमा अछामका शिवप्रसाद उपाध्याय, कञ्चनपुरका नरबहादुर बिक, बाजुराका हरिबहादुर रोकाया, कैलालीका प्रशान्त थापा, बैतडीकी जानकी ऐर बम, डडेल्धुराका विपिन ओझा, दार्चुलाका प्रेमसिंह धामी, कैलालीकी लोकशरी कुँवर र लक्ष्मी केसी, बझाङका बिरेन्द्र बहादुर खड्का र दिनेश नेपाली तथा डडेल्धुराका चक्र स्नेही रहेका छन्।

यद्यपि, एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयन गरिएका १०८ जना प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका आकांक्षी ईश्वर पोखरेलले असहमति जनाएका छन्। उनले मनोनयन प्रक्रिया र सूचीबारे फरक धारणा राख्दै असन्तुष्टि व्यक्त गरेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page