Vutlaxapu
Laxmibhuwan sun chadi

बीबीसीसँग कानुनी लडाइँमा ट्रम्प, १० अर्ब डलर माग गर्दै मुद्दा दायर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

एजेन्सी —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार १० अर्ब अमेरिकी डलर क्षतिपुर्ति माग गर्दै बेलायती सञ्चारमाध्यम बीबीसीविरुद्ध दायर गरेका छन् ।फ्लोरिडा राज्यको मियामीस्थित संघीय अदालतमा दायर गरिएको पहिलो मुद्दा मानहानी सम्बन्धी छ, जहाँ बीबीसीबाट प्रशारण भएको डकुमेन्ट्रीको सम्पादित क्लिपले आफ्नो भाषणलाई गलत रूपमा चित्रण गरेर भ्रम फैलाएको आरोप छ । दोस्रो मुद्दामा बीबीसीले फ्लोरिडाको भ्रामक तथा अनुचित व्यापारिक अभ्यास ऐनविपरीत कार्य गरेको आरोप छ ।

जय भगवति मेलौली सुनचाँदी

यी दुबै मुद्दामा उनले क्रमश: ५-५ अर्ब डलर क्षतिपुर्ति माग गरेका छन् ।

बीबीसीमाथि राष्ट्रपति ट्रम्पविरुद्ध झुठो, अपमानजनक, भ्रामक, दुरासयपूर्ण तथा उत्तेजक प्रचारबाजी गरेको आरोप छ । सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजामा हस्तक्षेप गर्ने लाजमर्दो प्रयासस्वरुप यस्तो कार्य गरिएको ट्रम्पको आरोप छ ।ट्रम्पको कानुनी टोलीका एक प्रवक्ताले विज्ञप्तिमा भनेका छन्, ‘ बीबीसीले राष्ट्रपति ट्रम्प सम्बन्धी समाचारमा दर्शकहरूलाई लामो समयदेखि छलछाम गर्दै आएको छ । यो सबै काम वामपन्थी राजनीतिक एजेन्डालाई अघि बढाउने उद्देश्यले गरिएको छ ।’

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page