Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा भुवा पर्वका अवसरमा सार्वजनिक बिदा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भुवा पर्वका अवसर पारेर प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

यो पर्व पहाडका विभिन्न जिल्लासहित तराईमा पनि मनाइने गरिएको छ । विशेष गरेर बाजुरा, बझाङबाट बसाइँ सरेर तराई झरेकाले कैलाली, कञ्चनपुरमा यो पर्व मनाउने गरेका छन् । यस पर्वका अवसरमा प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइएको प्रदेश सरकारको राजपत्रमा उल्लेख छ ।पुस महिनाको औँसीबाट भुवो पर्व सुरु हुने गरेको बताइएको छ । पिठोको टीका लगाएर खेल सुरु गरिने हुनाले भुवोको सुरुवातलाई ‘पिठाया’ भन्ने चलन रहेको छ । विभिन्न गाउँ गाउँमा गएर पिठाया लगाउँदै गाउँ गाउँमा भुवो नाच देखाउने चलन रहेको जनाइएको छ ।

द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरबार र ढाल नचाउँदै खुसियाली मनाइएको र त्यसैको सम्झनामा भुवो खेल खेल्ने चलन भएको बताइएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page