


बैतडी– नेपाली कांग्रेसबाट २०७९ सालको निर्वाचनमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएका छन् । यही पुस १८ गते हुने जिल्ला सम्मेलनमा विधिवत कार्यक्रमका साथ औपचारिक घोषणा गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।

गत आम निर्वाचनमा स्वतन्त्रबाट प्रदेससभा सदस्यका उम्मेदवारका रुपमा रहेका भण्डारीले अब रास्वपाबाट नयाँ राजनितिक कोर्षको सुरुवात भएको बताएका छन् ।गत निर्वाचनमा भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपछि प्रदेशसभामा नेपाली कांग्रेसले नराम्रो हार ब्यहोरेको थियो। भण्डारी आगामी निर्वाचनमा रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवार हुने आँकलन गरिएको छ ।





