गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

विद्यालयमा प्रधानाध्यापकको मनपरी, अभिभावकले ताला लगाए

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ
खालि ठाँउ २

बैतडी-पुस ८
बैतडीको एक विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन् । जिल्लाको डीलाशैनी गाउँपालिका वडा नं ७ ढाँण स्थित डाँडाबाग आधारभूत विद्यालयमा अभिभावकहरुले बुधबारबाट तालाबन्दी गरेका हुन् । प्रधानाध्यापकको एकलौटि कार्यले विद्यालयको अवस्था बिग्रीदै गएपछि आफुहरुले बाध्यभएर विद्यालयमा तालाबन्दी गरेको अभिभावक धिर्क बहादुर कार्कीले जानकारी दिनुभयो । विभिन्न पाँच बुदे माग राख्दै अभिभावकहरुले तालाबन्दी गरेका छन् । विद्यालय व्यवस्थापन समिति गठन हुनु पर्ने दिवाखाजा, सञ्चालन हुनुपर्ने, शैक्षिक गुणस्तर खस्कीदै जानुको कारण, विद्यालय व्यवस्थापन समिति गठन गर्छु भनेर पत्र काटेर प्रधानाध्यापक उपस्थित नहुनुको कारण चाहियो भनेर उनिहरुले तालाबन्दी गरेका हुन् । डाँडाबाग आधारभूत विद्यालय विगत ३ वर्षदेखि विद्यालय व्यवस्थापन समिति विहिन रहेको बताइएको छ । गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति गठनका लागि पत्राचार गरेपछि प्रधनाध्यापक बिरेन्द्र बहादुर कार्कीले पुष ६ गते पत्रकाटेर अभिभावकहरु बोलाएपनि त्यो दिन प्रधानाध्यापक आफुनै अनुपस्थीत भएपछि यो मनलाग्दी काम विरुद्ध आफूहरु लडिरहेका अभिभावकहरुले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति विहिन हुँदा विद्यालयको अवस्था बिग्रीदै गएको बताइन्छ । ३ वर्ष पहिले गाउँपालिकाले ३ जना अभिभावकहरुलाइ पालिकामा डाँकेर धिर्क बहादुर कार्कीलाइ विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोकेको भएपनि प्रधानाध्यापकले उनलाई अध्यक्ष स्वकार नगर्दा डाँडाबाग आधारभूत विद्यालय व्यवस्थापन समिति विहिन हुन पुगेको थियो । व्यक्तीगत रिसिविका कारण प्रधानाध्यापकले धिर्क बहादुर कार्कीलाई स्वकार नगरेको गोप्य स्रोतको भनाई छ । त्यसपछि पनि पटक पटक विद्यालय व्यवस्थापन समिति गठनका प्रयास भएपनि प्रधानाध्यापककै कारण बिफलभएका स्रोत बताउँछ । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा पहिले अढाइ सय जना सम्म विद्यार्थीहरु अध्यनरत भएपनि विद्यालयको बिग्रदो अवस्थाका कारण अहिले ५० जना मात्रै रहेको बताइएको छ ।यसरि विद्यालय व्यवस्थापन समिति विहिन हुँदा विद्यालय सेवासुविधा पाउन बाट समेत बञ्चीत भएको त्यहाँका अभिभावकहरुको गुनासो छ । तालाबन्दीको विषयमा बुझनका लागि प्रधानाध्यापकलाइ फोन लगाउँदा सम्पर्क हुन सकेको छैन् । यता गाउँपालिकाका शिक्षा संयोजक महादेव भट्टले तालाबन्दी लगाएको विषयमा आफुलाइ जानकारी प्राप्त नभएको र यस विषयमा आफु बुझने बताउनुभयो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page