


बैतडी:बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। सोमबार बिहान करिब १० बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ मा म १ ज २२४ नम्बरको जिप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका –३ का १३ बर्षीय राकेश रावल सिगास गाउँपालिका –१ का २४ वर्षिय निसान्त बोहरा, सोही ठाउँका २९ बर्षीय भानदेव भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

सुर्नयाको मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको उक्त जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।




