


बैतडी:बैतडीको पञ्चेश्वर गाँउपालिकामा गाँउ पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ६ गतेदेखि देखि सुरु हुने भएको छ। गाँउपालिकाले एक सुचना जारी गर्दै गाँउपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिता पञ्चेश्वर गाँउपालिका वार्ड न ५ देथला खेलमैदान धिरमोडामा हुने भएको छ। प्रतियोगितामा गाँउपालिका भित्रका नौ वटा माध्यमिक विद्यालय सहभागी हुने जनाईएको छ ।





