Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा प्रतिनिधि सभा निर्वाचनका लागि ११ जनाको उम्मेदवारी दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ।मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन्। नेकपा एमालेबाट गणेश ठगुन्ना, नेपाली काँग्रेसबाट धर्मानन्द जोशी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट लक्ष्मणदत्त जोशीले उम्मेदवारी दर्ता गराएका छन्।

जय भगवति मेलौली सुनचाँदी

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजेशसिंह समान्त र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्दले पनि उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

अन्य दलतर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीबाट गगन ठगुन्ना, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट नवराज भट्ट, आमजनता पार्टीबाट प्रेमसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट रमेश कुमार रावल तथा नेपाल कम्युनिस्ट पार्टी संयुक्तबाट विद्यादेव जोशीले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी राष्ट्रिय जनमोर्चाबाट बिर्खराज पन्तले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page