


बैतडी।सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ ।

एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन् । सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको हो।सुदूरपश्चिममा स्थानीय तहका १७३ र प्रदेश सभाका ५१ जना सांसद गरेर २२४ मतदाता छन् ।
आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा मतदान हुन लागेको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।




