



बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा दुइ दिने आँखा शिविर सञ्चालन हुने भएको छ। नेेपाल नेत्र ज्योती संघ ,गेटा आँखा अस्पताल कैलाली र दोगडाकेदार गाउँपालीकाको सहकार्यमा माघ १४ र १५ गते सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट वैतडीमा आँखा शिविर सञ्चालन हुने दोगडाकेदार गाउँपालिका स्वास्थ्य साखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए। शिविरमा मोतिबिन्दु र आँखा सम्बन्धि अन्य रोगहरूको निःशुल्क सल्यक्रिया हुने र औषधि वितरण कार्यक्रम समेत रहेको साखा प्रमुख नाथले बताए।




