


बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ देउलेक स्वास्थ्य चौकीमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ।

दोगडाकेदार गाउँपालिकाको आयोजनामा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। कार्यक्रममा समुदायमा रहेका मानसिक रोगिहरुलाइ पहिचान गरि आत्महत्या रोकथाम गर्न टेवा पुग्ने बताइएको छ।
कार्यक्रममा किशोर किशोरी शिक्षक शिक्षीका स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो। अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक जनकराज कलौनीले प्रशिक्षण दिएका थिए।




